नियम ४३
आफू वा कुनै खास व्यक्ति वा वर्गलाई फाइदा हुने गरी निकासा दिन नहुने
कुनै अधिकार प्राप्त अधिकारीले आफूलाई वा कुनै खास व्यक्ति वा वर्गलाई फाइदा हुने गरी सरकारी धन खर्च गर्न वा सरकारी मालसामान दिने गरी निकासा दिनु हुदैन । तर प्रचलित कानून बमोजिम लिन खान पाउने वा दिनु पर्ने वा अदालतको निर्णय बमोजिम दिन लिन पाउनेमा यो नियमले बाधा पुर्‍याएको मानिने छैन ।